अमेरिका - अमेरीकाको न्युयोर्क स्थित लङ आइल्याण्ड नेपाली समाजको नयाँ कार्यसमितिको निर्वाचनमा बाबुराम शर्माको टिम जितको सम्भावना बलियो देखिएको छ ।  यहि फेब्रुअरी २४ मा हुने निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेका शर्माको प्यानललाई मतदाताहरुको साथ र समर्थन बढ्दै गएको बुझिएको छ । 

संस्थाको छैटो अध्यक्षको लागि  शर्माले संस्थाको भवन बनाउने कुरामा बढी जोड दिदै मत मागेका छन् । 

 संस्था स्थापना भएको लामो समय सम्म एउटा भवन पनि बनाउन नसकिएकोमा आफै नेतृत्वमा आएपछि भवन निर्माणलाई  पहिलो प्रथामिकतामा राख्ने शर्माले बताए । हाम्रै बैठक बस्नका लागि पनि कोठा खोज्नु पर्ने छ।'  शर्माले भने,कोरोना महामारी अगाडि नै भवन बनाउने कार्यकोलागि प्रकृया आरम्भ गरौं ,म १० हजार डलर दिन्छु भनें,त्यो वेला सबैको सहयोग पाउन सकिन उनले भने ।

यो पाली सबै सकरात्मक भएको पाएको छु,भवन को आवस्यकता महसुस गर्नु भएको छ ,सहयोग गर्ने वचन दिनु भएको छ ,झक झकाउनु भएको छ ,मनको ईच्छा पुराहुने सोचेको छु-शर्माले भने । संस्थामा सात वर्ष देखि आवद्द हुदैँ आएका  शर्मा सदस्य, सचिव हुँदै महासचिवको जिम्मेवारी पुरा गरिसकेका छन् । 

b7526371-75bf-421c-ac5b-0946a4643ba9' पर्वतमा जन्मिएर काठमाडौँमा हुर्किएका शर्मा अमेरिकामा व्यवसायी हुन् । शर्माले आफूले महासचिव हुँदा राम्रो काम गरेको र त्यसैको मूल्याङ्कन सदस्यले गर्ने बत्ताउँछन् । 'धेरै सदस्य फिल्डमा नै गरेर बनाएको छु, महासचिव हुँदा राम्रो काम गरेको छु, ' शर्माले भने समाजका पुराना साथीहरु र अग्रजहरुको साथ भएकोले  मलाई विश्वास गरेर धेरै  सदस्य बन्नु भएको छ ।

शर्मा समूहमा, वरिष्ठ उपाध्यक्षमा बाबुराज सिंहा (अमित), उपाध्यक्षमा द्वय विशाल रेग्मी (बिसु) र रुपा भण्डारी उम्मेदवार छन् । महासचिवमा शंकर भण्डारी तथा सचिवमा मन क्षेत्री (मोहन) र रमेश सत्याल उम्मेदवार छन्। कोषाध्यक्षमा निर्मल थपलिया र सह कोषाध्यक्षमा इन्दु थापा उम्मेदवार रहेका छन्।

सदस्य पदका लागि इलिजाबेथ ढकाल, नमिता पौडेल, अनुज लामिछाने, सुमन बास्तोला, राजकुमार गुरुङ, दीपक शर्मा, पुष्पराज रेग्मी, नीरज सापकोटा, पारस खरेल, सहकुल गिरी र सरोज जिसी उम्मेदवार छन्। इकोडर देशमा जन्मिएकी र  नेपाली संग बैवाहिक सम्बन्ध गासेकी  एलिजावेथ ढकालको चर्चा उत्तिकै छ ।

२१ सदस्यिय समिति रहेको उक्त संस्थामा अर्को तर्फ वर्तमान वरिष्ठ उपाध्यक्ष कुल प्रसाद गौली (राजन) को प्यानल रहेको छ । स्थापनाको १४ वर्ष पछि पहिलो पटक अध्यक्षका दुई प्रत्याशी २१ पदमा प्यानल नै बनाएर आमान्ने सामुन्ने भएका यस अगाडि एकाध पदमा निर्वाचन हुने गरेको भए पनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको थिएन्।समाजमा सात सय आठ जना मतदाता रहेका छन्।