पथरी - माेरङकाे पथरीशनिश्चरे -१० काे प्रस्तावित रङ्गशालामा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको आज भएको खेलमा फेयर फुटबल क्लब धरान विजयी भएको छ ।
खेलको निर्धारित समयमा फेयर फुटबल क्लब धरानले १० नवोदय एफ.सी.लाई २–० गोल अन्तरले पराजित गरेको हो ।
फेयर क्लब धरानका लागि पहिलो हाफको अतिरिक्त समयमा कृष्ण राईले गोलको खाता खोले । यस्तै दोस्रो हाफको २८ औं मिनेटमा पुनः कृष्ण राईले गोल गर्दै धरानलाई जितको सुनिश्चता कायम गरे । खेलमा १० नवोदयका खेलाडीहरु ३ वटा सुन्दर अवसरहरुलाई सही सदुपयोग गर्न नसक्दा हार वेहोर्नुप¥यो ।
खेलको म्यान अफ द म्याच विजेता टिमका मन्जिल खड्का घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल डाँगिहाट एफ.सी. र एपीएफ पकली बिच हुने आयोजकका करण राईले जानकारी दिए ।




















