विराटचोक - मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको जलजला क्रसर (हाल नाम परिबर्तन भई ) धनपाल क्रसर उद्योगले अबैधानिक रुपमा जमिन उत्खनन गरेको पाईएको छ ।
बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा (कोईराला) ले सोमबार गरेको छ्ड्के चेकमा सो क्रसरले नियमबिपरित उत्खनन गरेको पाईएको हो । त्यसपछि नगर प्रहरी र नेपाल प्रहरीले उत्खननमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिएको छ । स्काभेटर चालक भने फरार भएका छन ।
क्रसर उद्योगले बिना अनुमति बेलबारी ४ मा रहेको निजि जग्गामा उत्खनन गरि सामाग्रीहरु बिक्री बितरण गरेको पाईएको उपमेयर नितु थापाले जानकारी दिइन । नगरपालिका सँग अनुमति नलिई,कर नतिरी यसरी उत्खनन गर्नु र सामाग्री बिक्री बितरण गरिनु अबैधानिक मानिन्छ । ।
उपमेयर कोईरालाले सबैले कुनैपनि काम गर्दा त्यस्को मापदण्ड भित्र रहेर काम गर्नुपर्ने र गैरकानुनी तरिकाले गरिएको कुनै पनि कार्यलाइ कानुनी दायरामा ल्याइ कारबाही गरिने बताईन । अबैधानिक रुपमा उत्खनन भएको पाईएपछि उत्खननमा प्रयोग भएको साधन नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर तेज दाहालले जानकारी दिएका छन । उनले सो साधन बेलबारी नगरपालिकाको जिम्मा लगाईने समेत बताएका छन ।


