काठमाडौं - आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।
वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो। म्याकुरी भनिने कलाकार पवन खतिवडा (म्याकुरी) लाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उनलाई पक्राउ गरेको बताइएको छ ।



















