विराटचोक - मोरङको बेलबारी स्थित बेतना सिमासार सामुदायिक वन उपभोत्ता समुह भित्र संरक्षित रुपमा राखिएको भाले चित्तल चोरी भएको ६ दिन बितिसक्दा समेत चोरीमा संलग्नहरुको पहिचान खुल्न सकेको छैन ।
सब डिभिजन वन कार्यलय बेलबारीका रेञ्जर राजेन्द्र कुमार घिमिरेको नेतृत्वमा रहेको छानबिन समितिले सोही समयमा सुरक्षा गार्ड रहेका बेतना सेक्युरिटी सर्भिसका सेक्युरिटी गार्डहरु बेलबारी ४ का महेन्द्र कार्की र कृष्ण न्यौपानेलाई बयान लिएको । बयानमा उनीहरुले आफुहरुबाट डयुटीमा कमजोरी भएको स्वीकार गरेपनि चोरीका बिषयमा आफुहरुलाई केही थाह नभएको बताएका छन ।
समितिले बेतना सिमसार सामुदायिक वन उपभोत्ता समुहका केही पदाधिकारीहरुलाई समेत बयान लिने तयारी गरेको छ । पछिल्लो पटक शुक्रबार बिहान ३ बजेर १५ मिनेट देखि ३ बजेर २५ मिनेटको समयमा संरक्षित रुपमा राखिएको भाले चित्तललाई मारेर अज्ञात ब्यत्तिहरुले बाहिर लगेको बेतना सिमसारको सिसिटिभी फुटेजमा देखिन्छ ।
यसअघि बेतनाबाट राज हाँस,चित्रल,कछुवा,माछा,निलगाई,२ वटा अजिंगर लगायत गायब भईसकेका छन । छानबिन समितिले ईलाका प्रहरी कार्यलय बेलबारीलाई समेत घटनाको छानबिनमा सहयोग गरिदिन अनुरोध सहित पत्रचार गरेको छ ।


