पथरी - मोरङको पथरी शनिश्चरे १० मा रहेको बाल नमुना विद्या मन्दिरले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण सहित सम्पन्न गरेको छ। 

विद्यालयको प्राङ्गणमा शुक्रबार  शिक्षासेवी टंकप्रसाद शर्मा फूयाँलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

13529a07-7240-4209-8833-6b5bdac0bc97कार्यक्रममा कक्षा -नर्सरीदेखि १० सम्मका छात्र छात्राहरुलाई ट्रफी, प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिएको थियो। सोही क्रममा कक्षा ५, ६, ७, ८ र ९ का विद्यार्थीले ईन्फिनेटी मिमर, थ्रिडि हलो ग्राम , ज्वालामुखी, रकेट, हाइड्रोलिक प्रेसर  र इलेक्ट्रनिक बेल बनाएर प्रदर्शनी गरेका विज्ञान शिक्षक दिपक लिम्बुले जानकारी दिए।

सो अवसरमा  गुरू आमाहरूले सुन्दर नृत्य प्रस्तुति दिएका थिए भने  विभिन्न तहगतका विद्यार्थीहरूले विविध जातजातिका सांस्कृतिक नृत्य , गायन तथा अन्य प्रतिभा प्रस्तुत गरेका थिए।

c72e1597-eb76-45d3-ba78-8e425a8fb1ff 1विद्यालयका व्यवस्थापक निर्देशक रूद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  ईन्ट्रा फाउण्डेशन नेपाल पथरी शनिश्चरेका राम वानियाँ, विद्यालयका संस्थापकहरू क्रमशः वसन्त मादेन, वीर बहादुर घिमिरे, गणेश बिष्ट, हस्तबहादुर  राई , श्याम चौहान लगायतका अतिथिहरूको उपस्थित थिए।  विद्यालयकी शिक्षिका गीता सुब्बाले स्वागत मन्तव्य राखेकी थिइन भने साे कार्यक्रमकाे  संचालन शिक्षक दुर्गाराम भट्टराईले गरेका थिए ।