काठमाडौँ -- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ व्यवसायीको नाम नेकपा एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन्  । गत बुधवार भएको झडपमा नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको बालेन दाबी रपनि गरेका छन  । एमालेका कार्यकर्ताले आक्रमण गरेपछि नगर प्रहरीले आफ्नो आत्मरक्षा गर्न मात्रै खोजेको उनको भनाइ रहेको छ ।

फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधवार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा टीकाटिप्पणी भइरहेका बेला बालेनले यस्तो बताएका हुन् ।

‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ।   उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाए ।