काठमाडौं - सहकारी ठगी मुद्दामा फरार जीबी भनिने गितेन्द्रबाबु राई पक्राउ परेकोबारे नेपाल प्रहरीले अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ

। यतिखेर विभिन्न समाचार माध्यममा राई पक्राउ परेको भन्ने हल्ला चलिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बिहीबार बिहान अहिलेसम्म उनी पक्राउ परेको जानकारी नआएको बताए।  उनले भने, ‘जीबी राई पक्राउ परेकोबारे अहिलेसम्म कुनै जानकारी छैन।’