केराबारी - नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मोरङको केराबारी ७ स्थित सार्वजनिक मावि अखिल क्विज संम्पन गरेको छ ।
अनेरास्ववियु सार्वजनिक मावि कमिटीको आयोजनामा आइतबार अखिल क्विज संम्पन भएको हो । उक्त प्रतियोगितामा ४० जना विद्यार्थीहरुबीच समुहगत रूपमा प्रतिष्पर्धी भएको थियो । प्रथम,द्वितीय, तृतीय र सान्त्वनाहुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र स्टेसनरी वितरण गरिएको अनेरास्ववियु केराबारी पालिका कमिटीका अध्यक्ष जोसेफ उरावले जानकारी दिए ।
कार्यक्रममा अनेरास्ववियु, कोशी प्रदेश कमिटीका अध्यक्ष जीबी गजलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडाध्यक्ष खगेन्द्रप्रसाद निराैला, संगठनका केन्द्रिय निर्वाचन आयोग सचिव मिलन घिमिरे, प्रदेश कमिटी सचिव सन्तोष घिमिरे,मोरङ जिल्ला कमिटी अध्यक्ष तुलसी घिमिरे लगायतको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रमलाई सफल बनाउन अनेरास्ववियु मोरङका सहसचिव सङ्गम कन्दङवाको महत्वपूर्ण भूमिका रहेको थियो । सार्वजनिक मावि कमिटी अध्यक्ष दर्शन थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सचिव फिरोज तामाङ्गले संचालन गरेका थिए ।




















