वीरेन्द्रनगर - सुर्खेतको वीरेन्द्रनगरमा एक जना पुरुष घाँटी काटिएको घाँटी काटिएको अवस्थामा मृत फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलवार बिहान ११ बजे पट्टेल आफु सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अवस्थामा उनकै घरमा फेला परेकाे हाे।

उनको घाँटीमा गहिरो चोट लागेको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ।

‘पट्टेल बिहान ११ बजे मृत फेला परेको त्यहाँका स्थानीयले जानकारी दिएका थिए।’ उनले भने ‘हामी त्यहाँ गएको बेला उनको घाँटीमा गहिरो चोट लागेको थियो, रगत बगिरहेको थियो, उनकै कोठामा ब्लड लागेको चुलेसी समेत फेला परेको छ।’घटनाको प्रकृति हेर्दा उनले आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

पट्टेलका घरपरिवारले आफुहरु सुर्खेत आउँदै गरेकाले शवलाई सुरक्षित कोठामै राख्न प्रहरीलाई अनुरोध गरेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।