काठमाडौँ - नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको अध्यक्षमा आशिष गुरागाई चयन भएका छन् ।

बुधबार ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा सम्पन्न प्रदेश भेलाले गुरागाईँलाई उपत्यका प्रदेश कमिटीको अध्यक्ष चयन गरेको हो। भेलाले संगठनको उपाध्यक्षमा दिनेश कार्की र लिजा क्षेत्रीलाई चयन गरेको छ।  

त्यस्तै संगठनको सचिवमा सौगात मिश्र, सहसचिवमा योगेन्द्र चौलागाईं, सुस्मिता सुनार र कोषाध्यक्षमा गणेश विकलाई चयन गरेको छ।त्यस्तै सदस्यहरुमा केशव बजगाई, बेदप्रसाद भट्ट, टीका रसाइली, डिग श्रेष्ठ चयन हुनु भएको छ।

432057613_3677076619217956_1140965439140714669_n-1710342803.jpg