रौतहट -  रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।  

मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।  सो क्रममा सञ्चालक २६ वर्षीय नितेश साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए ।  गोली साहको कन्चटमा लागेको र उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । 

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।