विराटचोक — मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल वस्तीमा भएकाे  आगलागीबाट २२ वटा घर जलेर नष्ट भएका छन् ।  

सन्थाल समूदायको बाक्लो बस्ती भएको  टोलमा भएको आगलागीबाट तला मुर्मु, सुपल हाँस्दा जङ्गली मुर्मु, अनुज हमरम तलु मुर्मु भेना मुर्मु, शुक्ला मुर्मु जङ्गली मुर्मु बुवा बुद्रा हेमरम, सनिश्चरा मुर्मु, बासुदेव किसकु, मराङ हेमरङ, सोनिया टुडु मंगला टुडु शनिश्चरा मुर्मु विशाल हेमरम लगायतकाे गरी  डेढ करोड भन्दा बढीको क्षति भएकाे प्रहरीले जनाएकाे छ । यद्यपी क्षतिको यकीन विवरण आइ सकेको छैन ।

शनिबार दिउँसो अढाई बजेतिर अचानक आगलागी भएको थियो  । बाँस, सन्ठी र पराल मिलाएर, टाटीले बेरा लगाएका घर बाक्लो  रहेको कारण आगो छिटो फैलिएको थियो । आगलागॆपछि कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा  नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको थियो ।

 पीडितहरुले नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आगलागी भएको आरोप लगाएका छन्।