त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश टी –२० क्रिकेट प्रतियोगितको उपाधि जितेको छ ।
मोरङ
क्रिकेट संघको आयोजनामा चैत २२ गतेदेखि विराटनगरस्थित वैजनाथपुर क्रिकेट
रंगशालामा जारी प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९
विकेटले पराजित गर्दैआर्मीले उपाधि जितेको हो ।
उपाधि जितेसँगै
आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी जितेको छ भने उपविजेता कर्णालीले ३ लाख र
ट्रफीमा चित्त बुझाउनु परेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले
निर्धारित २० ओभरमा अलआउट हुँदै ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
आर्मीले १२ दशमलव २ बल मै एक विकेटको क्षतिमा सो लक्ष्य पुरा गर्यो ।
कर्णालीका
विपिन रावलले सर्वाधिक २७ रन, कप्तान रविन्द्र शाही र मनिष थापाले २१–२१
रन र दिनेश अधिकारीले १२ रन बनाए । यस्तै, दिपेन्द्र रावत ६, अर्जुन घर्ती
४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १–१ रनमात्रै बनाए । दिवान
पुनले नटआउट ५ रन खेलेका थिए ।
आर्मीका त्रितराज दासले ३३ बलमा २ छक्का
र ५ चौकासहित अर्ध शतक बनाए भने इमरान शेखले दुई छक्कासहित ३८ रनको योगदान
दिए । आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भए ।
आर्मीका
त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २–२ विकेट र
पवन कार्कीले १ विकेट लिए । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेशका एक एक
गरी १० वटा टिमको सहभागिता थियो ।




















