इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा एक बर्षको अबधिमा झन्डै दुई करोड बराबरको नगद र जिन्सी संकलन भएको छ । 

चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म  ८ महिनाको अबधिमा एक करोड चार लाख ५९ हजार एक सय ६४ रुपैयाँ र गत वर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार तीन सय ६२ रुपैयाँ समेत गरी एक बर्षको अबधिमा मन्दिरमा एक करोड ९७ लाख ६४ हजार पाँच सय २६ रुपैयाँ  बराबरको सम्पत्ति संकलन भएको हो । 

समितिले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको ८ महिनाको ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको सुन, चाँदीलगायत जिन्सी सङ्कलन भएको छ । 

बि. सं. २०८० को साउनमा चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।

 त्यसैगरी, मङ्सिरमा १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी सङकलन भएको मन्दिर ब्यबस्थापनले जनाएको छ । 

 गत वर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार तीन सय ६२ भेटी सङ्कलन भएको थियो । सो अवधिमा ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो ।

 रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ निर्माण गरी २०७९ फागुन १ गतेदेखि मन्दिरको स्वामित्वसहित सञ्चालन तथा व्यवस्थापन जिम्मा लिएको थियो ।गाउँपालिकाको  ल्याइएको थियो । 

 रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासका लागि खर्च भइरहेको बताए ।