बिर्तामोड — झापाको पृथ्वीनगरमा एक व्यक्तिले आफूसंगै सुतेका साथीको हत्या गरेका छन् ।
बिहिबार बिहान ५ बजे अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कमान गएराति साथी सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा कमानले खन्तीले सनमको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पुरानो रिसिइबीले हत्या गरेको हुन सक्ने अाशंका गरिएकाे छ । हत्या गर्ने कमान लाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।




















