जनकपुरधाम — रोजा सकेर फर्किने क्रममा खाएको बियरको पैसा तिर्ने विषयमा भएको भनाभन र मोबाइलमा भिडियो हेर्ने विषयमा भएको
विवादमा चक्कुले घाँटी रेटी हत्या एक युवकको हत्या भएको छ।
साथीको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले २२ वर्षीय जाकिस नदाफ ३० वर्षीय सहमत नदाफ लाइ पक्राउ गरेको छ।
। धनुषाको जनकनन्दनी गाउँपालिका- २ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैँचामा १८ वर्षीय कैफ नदाफको हत्या भएको हाे।
उनीहरुले गएराति साढे १० बजेतिर साथीले चक्कुले घाँटी रेटी हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।रोजा सकेर फर्किने क्रममा खाएको बियरको पैसा तिर्ने विषयमा भएको भनाभन र मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा एक जनाले चक्कु निकालेर घाँटी रेटेको प्रवक्ता अवाले बताए।
गम्भीर घाइते भएका कैफलाई परिवारजनले उपचारका लागि भारतको जयनगर पुर्याएको भए पनि उपचारको क्रममा राति दुई बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपी दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















