इलाम — इलाम सलकपुरका खड्गबहादुर विकले ७४ बर्षको उमेरमा स्कुल पढ्न गएर सबैलाई चकित पारिदिएका छन् ।
हाल ७४ बर्षको उमेरमा कक्षा ४ को परीक्षा दिइरहेका बिकले ७२ बर्षको उमेर हुँदा बिगत दुइ बर्षदेखि स्कुल जान थालेका थिए । खड्गबहादुर दुई बर्षदेखि दैनिक डेढ किलोमीटर हिँडेर स्कुल गइरहेका छन् ।
सरकारले दिने सामाजिक सुरक्षा भत्ता थापिरहेका बिकले हाल कक्षा ४ को फाइनल परीक्षा दिइरहेका छन् । बिकको घरमा अरु कोहि छैनन् अर्थात् उनी घरमा एक्लै छन् । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी हुने डरले मन भुलाउन स्कुल गइरहेको खड्गबहादुरले बताए । - टीकाराम बास्तोलाको सहयोगमा



















