विराटचाेक — इन्द्रपुर जेसीजकाे आयाेजनामा सुकुना बहुमुखी क्याम्पसमा साइबर सेक्युरिटी एण्ड साेसल इन्जिनियरिङ वर्कसप कार्यक्रम सम्पन्न भएको छ ।
बीबीए प्रथम वर्षका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको हाे। कार्यक्रममा सञ्चारकर्मी सुरेश दाहालले सामाजिक सन्जाल प्रयाेग गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा जानकारी गराएका थिए । उनले खासगरी फेसबुकमा आउने समस्या र बच्ने उपायका बारेमा जानकारी दिएका थिए ।
विभिन्न सेटिङ मिलाएर फेसबुक ह्याक हुनबाट बच्न सकिने भन्दै दाहालले इमेल, इन्टरनेटकाे प्रयाेग गर्दा अपनाउनुपर्ने कुराहरू बारे पनि विद्यार्थीलाई जानकारी दिएका थिए ।
इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापाले सामाजिक सन्जालबाट हुने गरेको साइबर अपराधबाट बच्न विद्यार्थीलाई सहयाेग पुगोस् भनेर कार्यक्रम राखिएको बताए । केही ज्ञान हाँसिल गर्न सके साइबर अपराधबाट बच्न र सामाजिक सन्जाल ह्याक हुनबाट बच्न सकिने उनले बताए ।
इन्द्रपुर जेसीजकका महासचिव आकाश दुलालले सञ्चालन गरेको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पाेख्रेल अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रम संयाेजक अजित बान्तवाले पछिल्लो समय सामाजिक सन्जालका कारण धेरै घटनाहरू हुने गरेकाले यसबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।


















