विराटचोक - रात्रीकालिन कन्ट्रोल लुब्रिकेन्ट्स १४ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा साविक विजेता सगरमाथा युथ क्लब, मोरङले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा  एपिएफ फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै सगरमाथाले विजयी शुरुवात गरेको हो । सगरमाथाको जितमा बिमल घर्ती मगरले दुई गोल गरे भने स्टेफन बिनोङले एक गोल गरे । उता पराजित एपिएफका लागि अनिष महर्जनले एक  गोल फर्काए ।

जितसँगै सगरमाथा सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।सो खेलमा दुई गोल गरेका सगरमाथाका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।  प्रतियोगिता अन्तर्गत चैत ११ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी र कञ्चनजंगा फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दिएका छन्  ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एपीएफ, एनआरटी क्लब, बिर्तामोड युनाइटेड झापा, कञ्चनजंघा फुटबल क्लब भारत, साबिक बिजेता सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सहभागी छन् ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गते हुनेछ । प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवार्ड, उत्कृष्ट बेस्ट प्रशिक्षक, उत्कृष्ट राइजिङ प्लेयरलाई नगद २० हजार  पाउनेछन् । उत्कृष्ट हाइ स्कोररलाई २५ हजार  र म्यान अफ दि सिरिज प्राप्त गर्ने खेलाडीले एक लाख प्राप्त गर्ने आयोजजले जनकारी दिएका छन् । प्रतियोगितामा कूल ७६ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेका छन् ।

विषादी वितरणमा बेलबारी नगरका कर्मचारीको मनोमानी,खाली हात फर्कन्छन् किसान