• भूमिप्रसाद पाठक

पथरी — एशियन हाइवे अर्थात पुर्व पश्चिम राजमार्ग बिस्तारका लागि   रुख कटान गर्ने क्रममा सामुदायिक वन उपभोक्ता समुहहरूका अगुवाहरुले अवरोध गरेका छन् । कटान गरिएका वन पैदावारहरूको स्वामित्व उपभोक्ताहरूले पाउनु पर्ने माग गर्दै  मंगलबार माेरङ्गकाे  पथरीशनिश्चरे एरियामा वन उपभोक्ताहरूले रुख कटानमा अबरोध गरेका हुन् । 

पथरी शनिश्चरे -१० को डांस मोरङ्गी खोला छेउमा पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा सामुदायिक वन उपभोक्ता समुहहरूको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघको अगुवाईमा रुख कटान रोक्ने प्रयास भएको थियो ।

त्यस क्रममा  महासंघका कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौलाले लोड गरिएको ट्यांकरको चाबी नै नियन्त्रणमा लिई अनलोड गराएका थिए।

IMG-20240326-WA0005त्यसैगरी, सामुदायिक वन उपभोक्ता महासंघ पथरी शनिश्चरे नगर अध्यक्ष मैना आचार्य फूयाल र सामुदायिक वन उपभोक्ता महासंघ , कोशी प्रदेशकी महासचिव  रेनुका दहालले कटान गरीरहेको स्थानबाट  २ वटा चेन -स्व ( Chain -Saw)  खोसेर नियन्त्रणमा लिएका थिए। पटक पटक जिल्ला वन कार्यालय हुँदै क्षेत्रीय वन निर्देशनालयका पदाधिकारीहरूसंग छलफल र बहस गर्दा पनि सुनुवाई नभए भन्दै  संघर्षमा उत्रने वाध्य भएको कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौलाले बताए।

सोहि क्रममा  सामुदायिक वन उपभोक्ता महासंघ मोरङ उपाध्यक्ष तथा डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन पोख्रेलले आफ्ना उपभोक्ताहरूले हुर्काएका र वर्षौंदेखि संरक्षण गर्दै आएका राजमार्ग किनारका रुखहरु उपभोक्तालाई दिईनु पर्ने माग गरेका छन् । सो क्रममा  सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय उपमहासचिव सिता श्रेष्ठ, मोरङ जिल्लाका अध्यक्ष कृष्ण लुईंटेल, लगायतका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरू उपस्थित थिए।

IMG-20240326-WA0003आजै सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरु सम्मिलित भेलाले विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले अनुगमन समितिका संयोजक  तथा सामुदायिक वन उपभोक्ता समुहहरूको भेलाले  बेलबारीदेखि उर्लाबारी ( सालबारी) सम्मको एशियन हाइवे किनारका रूख कटान रोक्न डांस मोरङ्गी सा. व. उ. समुहका अध्यक्ष मदन पोखरेलको संयोजकत्वमा साझा संघर्ष समिति  संघर्ष समिति गठन गरेका थिए। सोहि समितिले राजमार्ग किनारका रुख काट्ने क्रममा अबरोध गरेको थियो । 

हाल मोरङको बेलबारी नगरपालिका क्षेत्रदेखि उर्लाबारी नगरपालिकाको सालबारी सामुदायिक वन क्षेत्रसम्मको ५ हजार ६ सय बिरूवाहरू कटान भैरहेको छ।