धनगढी — धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। भारतको गोवाबाट सोमवार देखि सम्पर्क विहीन भएकी उनी बुधबार सम्पर्कमा आएकी हुन् ।
उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको र सम्पर्कमा आएको परिवार श्रोतले बताएको छ। आरती सङ्ग फोनमा सम्पर्क भईसकेको बताइएको छ।
आरती सम्पर्क बिहिन भएपछि मेयर हमालको कान्छी छोरी आरजु र ज्वाइँ गोवा पुगेका थिए। बहिनी आरजु उनका श्रीमान् रीतेज भट्ट सँग आरतीको फोनमा कुरा भैसकेको बताइएको छ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।



















