काठमाडौं -  नेपाल र आयरल्याण्डविरुद्ध दोस्रो टी–२० श्रृङ्खलामा आज  दिउँसो  हुने भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ।

बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो।

 शुक्रबार टी-२० सिरिजको पहिलो खेलमा नेपाल 'ए' २१ रनले पराजित भएको थियो।

लोकेश बमले शतक र आरिफ शेखको ४९ रनका बाबजुद २२३ रनको लक्ष्य पछ्याएको नेपाल 'ए'ले २०१ रनमात्रै बनाएको थियो ।

 जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।