बेलबारी - मोरङको बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार खुल्ला रक्तदान शिविर  गरेको छ ।

६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाले बेलबारीको पश्चिम बस स्टेन्डमा शिविर आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाले प्राविधिक सहयोगमा भएको शिविरमा  ६५  पिन्ट रगत सङ्कलन भएको आयोजक संस्थाले जनाएको छ ।

  संस्थाका अध्यक्ष दुर्गा गौतमका अनुसार प्रत्येक वर्ष सहकारी दिवसको अवसरमा र बार्षिक साधारणसभामा  संस्थाले नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।