गायक राजेशपायल राई र उनकी पत्नी साङबुङ राईबीच सम्बन्ध विच्छेद भएको छ ।

चैत १५ गते काठमाडौं जिल्ला अदालतमा उनिहरूको सम्बन्ध विच्छेद   भएको हो । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध  विच्छेदको फैसला गरेको हो ।

श्रीमतीसँग कुरा नमिलेपछि गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले साङबुङ र छोरालाई ५० लाख रुपैयाँ नगद, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर तथा छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन आदेश दिएको छ ।

राजेशपायल र साङबुङका  दुईवर्षे छोरा छन् । २०७८ साल असोजमा उनीहरूबीच विवाह भएको थियो  ।