केराबारी — जफालेलाई खेलकुदको cध्यमबाट परिचित गराउन साथै पर्यटनको विकास गर्ने उद्देश्यले मोरङको केराबारी २ सिंहदेवी स्थित जेफालेमा नयाँ वर्षको अवसरमा दोश्रो पालिका वडाध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।
वडा खेलकुद विकास समितिले आईतवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । खेलकुद विकास समिति वडा नं. २ का संयोजक देवी लिम्बुका अगुसार प्रतियोगितामा कोशी प्रदेशको दमक , बेलबारी , साँघुरीगढी , चौविसे , लेटाङ , केराबारी ,भोजपुरको षडानन्द गाउँपालिका, इटहरी उपमहानगर पालिका, पथरी शनिश्चरे नगरपालिका साथै आयोजक भलिबल टिमहरुको सहभागिता रहने छ । भलिबल टिमका विजेतालाई १ लाख र उपविजेतालाई ७५ हजार र सेमिफाइनल पुगेका दुई ओटा टिमलाई सान्तवना पुरस्कार स्वरुप दश÷दश हजार प्रदान गरिने जनाएको छ ।
त्यसैगरी महिला र पुरुषका लागि छुटाछुटै मैत्रीपुर्ण महिला र पुरुष भेट्रान्स भलिबल प्रतियोगिता समेत आयोजना गरिने भएको छ । मैत्रीपुर्ण पूरुष भेट्रान्स भलिवलमा चौविसे गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका र आयोजक गरी ४ टिमको सहभागिता रहने छ । भेट्रान्सका विजेता र उपविजेतालाई क्रमश २० हजार र १० हजार क्रमश प्रदान गरिने छ ।
त्यसैगरी महिला भलिबल प्रतियोगितामा लेटाङ ७ वारंगी, लेटाङ १ साग्मा , केराबारी ३ भोगटेनी र आयोजक टिमविच प्रतिस्पर्धा रहनेछ । महिला भलिबलका विजेतालाई १५ र उपविजेतालाई ८ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुदको माध्यमबाट जेफाले पर्यटीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न विगत वर्षदेखि भलिवल प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका सल्लाहकार संयोजक अमरध्वज लिम्बूले बताए। खेलकुद विकास समितिले आयोजना गरेको भलिवल प्रतियोगितालाई वडा कार्यालयले पनि प्रवद्र्धन तथा सहयोग गर्दै आएको २ नम्वर वडाका वडा सचिव रञ्जित वुढाथोकीले बताए ।




















