माेरङ—माेरङकाे पथरीशनिश्चरे नगरपालिकाका एक अधिकृतले  महिला कर्मचारीमाथि याैन दुर्व्यवहार गरेको घटना एक घटना सार्वजनिक भएकाे छ ।  

पथरीशनिश्चरे नगरका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले  आफ्नै महिला कर्मचारीमाथि याैन दुर्व्यवहार गरेकाे घटना तीन  वर्षपछि सार्वजनिक भएकाे हाे । पिडित महिलाले शुक्रबार माेरङकाे पथरीशनिश्चरेमा पत्रकार सम्मेलन गर्दै अफुलाइ राती ड्यूटी गरिरहेको अवस्थामा आचार्यले जबर्जस्ती करणी गर्न खोजेको र दुब्र्यबहार गरेको आरोप लगाएकी छिन् ।

 नगर अस्पतालका प्रमुख आचार्यले जबरजस्ती कोठाभित्र पसेर शरिरका बिभिन्न अंगहरुमा छोएको, जबरजस्ती मदिरा सेवन गराएको र आफुले भनेको मानेमा र आफुले भने जस्तो गरेमा अर्को कुनै अस्पतालमा जागिर समेत मिलाईदिन्छु भन्दै प्रलोभन देखाएर दुब्यृबहार समेत गरेको आरोप महिलाले लगाएकी छन । अन्यायमा पर्दा नि न्याय नपाएपछि ढिलै भएपनि  न्याय खाेज्दै घटना सार्वजनिक गरेको  पिडित महिला बताउछिन ।

महिलाका अनुसार घटना २०७८ मंसिरकाे हो ।  घटनाको भाेलिपल्ट महिलाले अभिभावक र केही ब्यक्तिलाइ घटनाबारे सुनाएकी थिइन् । त्यसपछि शनिश्चरे नगरका तत्कालीन नगर प्रमुखको रोहबरमा घटना दवाईएको पीडित महिलाले बर्ताएकी छिन्  । 

सो घटनालाइ लिएर सबै नियमन निकायमा हार गुहार गरेपनि कतैबाट न्याय नमिलेकाे पिडित महिलाले गुनासो गरेकी छिन् । हाल हद म्यादका कारण मुद्धा दर्ता नहुने भएकाेले आफू अफ्ठेराेमा परेकाे महिलाले दाबी गरेकी छिन्  । दबाबका कारण त्यसबेला कानूनी कारबाहीका लागि अदालत जान सक्ने अवस्था नभएको तथा हदम्यादबारे थाहा पनि नभएकोले अहिले बाध्य भएर पत्रकार सम्मेलन गरेको उनले बताएकी छिन् ।

 महिला अधिकारको पक्षमा काम गर्दै आएको ओरेक नेपाल विराटनगरकी प्रमुख सरस्वती दनुवारले हदम्यादका कारण धेरै महिलाहरु न्यायबाट वञ्चित हुनु परेको बताइन । ‘

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि हदम्यादका कारण उल्लेखित घटनाको जाहेरी लिन प्रहरीलाई समस्या परेको बताए ।  कार्कीले भने " साइबर क्राइमको हदम्याद एक वर्ष हो । घटना साढें ३ वर्ष अगाडिको हो । हामीले सम्बन्धित कर्मचारी र महिलाको विवरण माग गर्दै के कसो भएको भनेर गाउँपालिकालाई लेखेर पठाएका छौं । पालिकाबाट पत्र आएपछि सरकारी वकिलसँग सल्लाह गरेर कारबाही अगाडि बढाउँछौं,’ । 

यता सोही बिषयमा घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन ।  राजनीतिक शक्ती आडमा १५ बर्षदेखि पथरी शनिश्चरेमा रजगज गर्दै आएका कर्मचारी हुन । स्थानीय संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध गरेका छन ।

करिब डेढ महिनाअघि मोरङकै कानेपोखरी गाँपालिकाको शिक्षा शाखा प्रमुखमाथि पनि एक शिक्षिकालाइ अश्लील शब्द बोल्दै सेक्स को प्रस्ताव गरेको घटना सार्वजनिक भएको थियो ।