विराटचोक — मोरङको सुन्दरहरैँचा वडा -२ , मृगौलियामा रहेको मण्टेश्वरी पद्धतिमा आधारित पाठशाला एकेडेमी अभिभावक दिवस तथा वार्षिक उत्सव -२०८० सम्पन्न भएको छ।
सो कार्यक्रममा विद्यार्थीको प्रतिभा प्रस्फुटन , गायन, नृत्य तथा पुरस्कार बितरण रहेको थियो भने अभिभावक, शिक्षक नृत्य , जनचेतना मुलक नाटक प्रस्तुति साथै पौराणिक समाग्री प्रदर्शनी संगै बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो।
सो कार्यक्रमको सुन्दरहरैंचा नगरपालिकाका नगर शिक्षा संयोजक नगरप्रवक्ता तथा १२ नं. का वडा अध्यक्ष रोशनप्रसाद ढकालले उदघाटन गरेका थिए ।
विद्यालयको वार्षिक योजना तथा प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल खगेन्द्र धिमालले शैक्षिक सत्र २०८१ मा कक्षा थप गरी ५ कक्षा सम्म पठनपाठन गराउने उद्देश्य लिएको पाठशाला एकेडेमीले ५ वर्षभित्रमा आफ्नै जग्गा र भवनमा पठनपाठन गराउने बताए । ६ जना विद्यार्थीवाट ५ वर्ष अघि स्थापना भएको सो विद्यालयमा प्लेग्रुप देखी कक्षा ४ सम्म पठनपाठन हुँदै आएको छ भने हाल १ सय ७५ विद्यार्थी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा सोही वडाको वडाध्यक्ष बिवस प्रधान,एनप्याबसन कोशी प्रदेशका सहसचिव कमल खनाल, एनप्याबसन नगर अध्यक्ष सुरेश खबास, स्थानीय राजनीतिककर्मी तथा समाजसेवी डिल्ली लुइँटेल, टेकराज तिमल्सिना लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















