विराटचोक — माेरङकाे सुन्दरहरैँचा ५ स्थित बाँसबारीमा रहेको सफल सिद्वार्थ एकेडेमीले विविध कार्यक्रम गरि  ३१ औ वार्षिकाेत्सव मनाएकाे छ ।

 बिहिवार भएको कार्यक्रममा सोही वडाका वडाध्यक्ष गणेश चाैधरीको प्रमुख आतिथ्यता रहेको थियो । वार्षिकाेत्सवकाे अवसर पारेर विद्यालयले अभिभावक दिवस संगै, दिक्षान्त समारोह एवम् नतिजा प्रकाशन गरेको थियो । 

Untitled-1 (1) कार्यक्रममा विद्यार्थीहरुले गीतसंगीत ,रमाइलो नृत्य , नाटक ,कराते लगायत प्रस्तुत गरेका थिए  । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे थियाे । 

 कार्यक्रममा नयाँ वृद्वावन गाैशालाका संस्थापक संरक्षक दिनवन्धु शास्त्री,विद्यालयका संस्थापक सदस्य  गाेविन्द कार्की,अध्यक्ष लेखुप्रसाद ढकाल ,प्रध्यानाध्यापक सविता ढकाल लगायतले मन्तव्य राखेका थिए ।

May be an image of 8 people, dais and text that says 'सफल सिद्धार्थ एकेडेमी सुन्दरहँचा-५, बांसबारी, मोरड ३१ औ वार्षिक उत्सव, Ta, अभिभावक दिवस, पन्त समारोह एवम नকि प्रकाशना ၃၀'

Untitled-1 (2)