धरान । नेकपाका स्थायी कमिटी सदस्य एवं १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेश प्रमुखको कार्यालय धरानमा रहने वताएका छन् । 
पत्रकारसँगको विशेष कुराकानीमा आचार्यले सो कुरा बताएका हुन् । प्रदेशको व्यवस्थापिका कार्यालय इटहरीमा रहने छ भने कार्यपालिका विराटनगरमा रहने पनि उनले वताए । धरान पर्यटकीय क्षेत्रको हव भएकाले पनि त्यसलाई प्राथमिकतामा राखेर भावी योजनाहरु अघि सार्दै १ नम्बर प्रदेशको कार्यालय धरानमा वनाउने तयारी शुरु भएको बताए । उनले भने,‘धरान पयर्टकीय क्षेत्रको हव हो,त्यसलाई सहयोग पुर्‍याउनको लागि पनि धरानमा नै प्रदेश प्रमुखको कार्यालय रहने संभवाना छ,त्यसका लागि आफुले सरकारसँग कुरा राख्दैछु ।

’धरानलाई प्रदेशको राजधानी वनाउनको लागि साँगुरो ठाउँ भएको भन्दै विभिन्न महत्वपुर्ण चार वटा क्षेत्रको विकासका लागि आफुहरु लागि परेको उनको भनाई छ । धरानलाई प्रदेशको नै खेलग्राम वनाउने र त्यसको विकासको लागि प्रदेश सरकारको वजेट वक्तब्यमा ५ करोड वजेटको व्यवस्था गर्न लगाएको पनि आचार्यले बताएका छन् ।

१ नम्बर प्रदेशकै धरान पर्यटकीय हव भएकाले सर्दु र सेउतीमा करिडोर वनाउनको लागि कंक्रिट वाल,बाटो र गार्डेन सहितको कामको लागि योजनामा रहेको उल्लेख गरेका छन् । यसैगरि धरानलाई र्शैक्षिक र स्वास्थ्य क्षेत्रको हव वनाउन पनि विशेष प्राथमिकतामा परेको आचार्यले बताएका छन ।औजार दैनिकबाट