लेटाङ — अल्पसंख्यक धिमाल समुदायको महान पर्व श्रीजात/जात्रीको अबसरमा सोही समुदायको उद्गम स्थल तथा प्रमुख धार्मिक एवम् पर्यटकीय स्थाल मोरङको लेटाङ स्थित राजारानीमा बैशाख १ र २ गते  मेला लाग्ने भएको छ ।  नयाँ वर्ष बैशाख १ गते  राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथाममा पुजापाठ गरी मेलाको शुभारम्भ हुनेछ । 

लेटाङ नगरपालिकाले राजारानी क्षेत्रमा मेला भर्न आउन र धिमाल जातीहरुको प्रमुख धार्मिक स्थलको अवलोकन गर्न सबैलाई आह्वान गरेको छ । धिमाल जातीहरुको देवस्थलको रुपमा रहेको परिषरमा निर्मित  संरचना तथा  मन्दिर वरीपरिको ब्यवस्थापन तथा मेलाको तयारीबारे बिहिबार नगरपालिका र राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको छ  । 

लेटाङ बजारबाट करिव ६ किलोमिटर पश्चिम उत्तरमा रहेको राजारानी मन्दीर परिषरमा टाढा टाढाबाट पर्यटकहरु आउने गर्दछन् ।  धिमाल जातीहरुको  एतिहासिक प्रमुख धार्मिक तथा उद्गम स्थल  राजारानीमा बर्षेनी  लाग्ने जात्री÷श्रीर्जात (पूजा) पर्व असार –२ गते उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दश बिघे)मा समापन हुने गर्दछ ।