विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका १ मा रहेको हरैँचा मोडेल सेकेण्डरी इंगलिस स्कुलले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न गरेको छ ।
सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीको आतिथ्यतामा भब्य समारोह बीच बिहिबार स्कुलले २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कलाकार प्रितम आचार्यको विशेष प्रस्तुतिले माहौल रमाइलो बनाएको थियो । विद्यार्थीहरुले विभिन्न समुदायको संस्कृति झल्किने नृत्य र चेतनामुलक नाटक प्रस्तुत गायत प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट तथा कक्षामा पहिलो दोस्रो तेस्रो हुने विद्यार्थीलाई छात्रवृत्ति, पढाइसंगै विभिन्न विद्यामा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा होटेल म्यानेजमेन्टका विद्यार्थीको फुड स्टल, विद्यार्थीले निर्माण गरेका विविध समाग्री हरुको प्रदर्शनी गरिएको थियो।
सामान्य काठको घरबाट पठनपाठन सुरु गरेको विद्यालयको हाल आफ्नै सुविधायुक्त भौतिक संरचना छन् । नगरको दक्षिण भेगमै अबल र नमुना विद्यालयको रुपमा स्थापित यो स्कुल अभिभावकको रोजाइमा पर्ने गरेको छ । त्यसैले नगरको मात्र होइन छिमेकी पालिका ग्रामथान, वुढिगंगा लगयात क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन । कक्षा -१२ सम्म पठनपाठन हुँदै आएको विद्यालय नगरको दक्षिण भेगमै अबल र नमुना विद्यालयको रुपमा स्थापित छ । विधालयमा होटेल मेन्जेमेन्ट,कम्पुटर साइन्स, व्यवस्थापन लगायतको संकायमा पठनपाठन हुँदै आएको विद्यालयका प्रिसिपल रुद्र थापाले जानकारी दिए ।
कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस प्रमुख अर्जुनराज अधिकारी,नगर शिक्षा शाखा प्रमुख लिला ओझा, शिक्षाप्रेमी शान्तिराम गौतम, दराइजिङ्ग बोर्डिंङ स्कुलका प्रिन्सिपल गोपाल पाठक, सो क्षेत्रका स्थानिय समाजसेवी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रबन्धक निर्देशक तथा संस्थापक संचालक घनश्याम रिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले संचालन गरेका थिए।
बिबिए दोश्रो सेमेस्टरमा यसै बर्ष ४ जिपिए ल्याएर नेपाल टपर भएकी ग्रामथानकी सविना विश्वाशले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा लिएकी थिइन्। हाल उनी सुकुना बहुमुखी क्याम्पसमा अध्यनरत छिन् ।























