• रविन्द्र  बराल

रंगेली — रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ मा निर्माणाधीन गेउरीया पुल ठेक्का लागेको वर्ष बितिसक्दा पनि बनिसकेको छैन।  

बिक्रम सम्बत २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ मा १५ मिटर लामो पुल  निर्माण गर्न  ठेक्का पाएकाे थियो।  लामो समयसम्म पनि पुल नबनेपछि पुलको निरीक्षणका लागि अख्तियार आयोग र  सडक बिभागबाट अनुगमन टाेली आएर काम सुचारु गर्ने निर्देशन दिएकाे केही दिनपछि दायाँ बायाँ माटो भर्ने काम शुरु भएको  छ  । 

अहिले फूलको उत्तर दक्षिणमा अहिले माटो हाल्ने काम भइरहेको छ। तर माटोको काम सुरु भएतापनि स्थानीयले भने उक्त पुल निर्माण कार्य नहुने बताउँदै आएका छन् ।  पुलमा रेलिङ, र पुलकाे उत्तर र दक्षिण तर्फकाे ढलान काे काम समेत बाँकी नै रहेकोले अहिले पनि उक्त पुल सञ्चालनमा नआउने स्थानीय  महेश टुडुले  बताए ।  

434409420_437006488855248_8513899504375450776_n
 ठेकेदारको लापरबाहीका कारण समय अबधि मा निर्माणका सम्पन्न नगर्ने कम्पनीलाई  सडक बिभागले कारबाही गर्न नसक्दा नौ वर्ष बितिसक्दा समेत १५ मिटरको पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने बर्षाेदेखि स्थानीयले  सास्ती भाेग्न बाध्य भएका छन ।  

दैनिक सयौं सवारीसाधनहरु आवतजावत गर्ने यो सडकमा पटक पटक अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय उत्साहित भएपनि खुशीको दिन आउन  सकेको छैन।  पुल बन्न थालेयता नौ  वर्षको अवधिमा उक्त स्थानमा पाँच जनाले ज्यान गुमाउनु परेको छ भने सयौं घाइते समेत भएका स्थानीयले बताएका छन्।

वैशाख भित्रमा उक्त पुल निर्माण कार्य सम्पन्न गरेर यातायात सुचारु गर्ने ठेकेदार कम्पनी फिचर एन्ड सराउद्धिन जेविका प्रमुख सराउद्नघिन  अनसारीले दाबी गरेका छन्।