बेलबारी —  मोरङको बेलबारी  ३ मा रहेको भगवती माध्यमिक विद्यालयमा अँग्रेजी माध्यायममा समेत पढाई हुने भएपछि विद्यार्थी र अभिभावकहरुको आकर्षण बढन थालेको छ ।  बिगत २ वर्ष देखी अङ्ग्रेजी माध्यममा पढाई सुरु हुन् थालेपछि यो वर्ष देखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकहरुको आकर्षण बढेको हो ।

विद्यालयमा कक्षा १ देखि १० सम्म अँग्रेजी माध्यायममा पढाई भए सँगै विद्यार्थी र अभिभावकहरुको आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमसागर ढकालले जानकारी दिए ।

न्यूनतम सहयोग शुल्क तिरेर पूर्ण अङ्ग्रेजी माध्यममा पनि पढ्न पढाउन पाएपछि अहिले विद्यालयमा दैनिक सयौको संख्यामा विद्यार्थीहरु भर्नाको लागि बुझ्न आउने गरेको अध्यक्ष ढकालले बताए । 

सुरुवातमा ६, ७ र ८ कक्षा मात्र सञ्चालनमा रहेको त्यस बेला विद्यार्थी ४० जना मात्र भएको र  दोस्रो वर्ष देखी नै विद्यार्थी वृद्धि भएर अहिले १ सय २० पुगेकोमा यस वर्ष देखी कक्षा १० मा पनि अग्रेजी माध्यायम सञ्चालनमा आएको विद्यालयका अङ्ग्रेजी माध्यमका संयोजक जनक लिम्बू बताउँछन । 

एउटा कक्षामा बढीमा ३५ जना विद्यार्थी मात्र राखिने गरिएका  कारण यस वर्ष १ सय ७५ जनाले मात्र भर्ना हुने अवसर पाउने लिम्बुको भनाई छ । वैशाख ६ गतेको  प्रवेश परीक्षामा उत्तीर्ण भएमा मात्र विद्यालयमा भर्ना हुन अवसर पाउने लिम्बू बताउँछन् ।

विद्यालयमा अध्ययनसँगै अनुशासन मुख्य बिषय रहेकोले विद्यार्थीले विद्यालयबाट पाउने संस्कारमा कुनै कमजोरी गर्न, शिक्षकहरूलाई छुट नहुने प्रधानाध्यापक नारायण प्रसाद आचार्य बताउँछन् ।  विद्यालयमा पढाई सँगै  व्यवहारिक शिक्षा, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइरहेको  प्रधानाध्यापक आचार्यको भनाइ  रहेको छ ।