इलाम — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् ।आज इलाम–२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले इलामबाट सुहाङ्गलाई जिताएर पठाउन आग्रह गरेका छन्  । उनले भने'-इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु"।

उनले सुहाङ्ग नेम्बाङ्ग सुभाष नेम्बाङ्गको छोरो मात्रै नभएर देश बनाऊँ भनेर सङ्कल्प बोकेर हिडेको  युवा भएको दाबी गरे । देश बनाउन उद्देश्य र योजना सहित हिनेको वास्तविक युवा उम्मेदवार सुहाङ्ग भएको दाबी गरे । ओलीले भने, पैसा कमाउन ,बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ्ग हिँडिरहेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोके हिँडेको छ । उसलाई जिताएर पठाउनुस्  । सांसद हुने मात्रै उद्देश्य नभएर देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार भएको बताए ।

उनले सांसद हुने त काम गर्ने मात्रै हो तर देश बनाउने ठुलो कुरा हो । अध्यक्ष ओलीले  इलाम आउँदा आफू सधैँ सुभाष सँगै आउने गरेको भए पनि अहिले सुभाषको अनुपस्थितिमा उहाँको उद्देश्यलाई पुरा गर्ने सङ्कल्प लिएर इलाम आएको ओलीले बताए ।

ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए ।  उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने ? उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ ।

उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा  विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भने '- हामीले सङ्घीयताको कुरा संविधानमा लेख्यौ, भाषा सस्कृती र पहिचानको कुरा लेख्यौ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’ 

ओलीले एमालेले कुनै पनि विश्वासलाई हेला नगर्ने बताए । उनले भने, आफ्नो धर्म के हो पालना गर्नु नि अरूलाई किन हेला गर्नु ?’ उनले  अहिले अरूको धर्मलाई हेला गर्ने चलन बढेको भन्दै यो राम्रो कुरा नभएको बताए । सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्नु एमाले लागेको बताए । उनले सबै धर्म भाषा, भाषी, सस्कृतीको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताए । 

इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताए । देउमाई नगरपालिकामा खानेपानीको समस्या छ  यो समस्या सुहाङ्ग नेम्बाङ्गले समाधान गर्ने बताए । उनले एमालेले ३ बर्षमा गरेको काम पछि विकास हुन नसकेको बताए । नेकपा एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बीचमा अरू सरकार आएकाले रोकिएको बताए । फेरी एमालेले विकासको काम अगाडि बढाउन थालेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताए ।