सिन्धुपाल्चोक— सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ बेहुलासहित भने ३२ जना घाइते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
बसमा ५५ जना सवार थिए ।
दुर्घटनामा दुलहासहित ३२ जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई स्थानीय वडा कार्यालयमै प्राथमिक उपचार गरिएको छ ।



















