विराटचोक — नेपालका ठूला २० विद्यालयहरूको सूचीमा मोरङ सुन्दरहरैंचामा अबस्थित सुकुना मावि पनि परेको छ।  विद्यार्थी संख्याका आधारमा सेहर्ड (CHERD) नामक संस्थाले प्रकाशित गरेको इएम आइ एस रिपोर्ट  (EMIS Report)  अनुसार सुकुना मावि नेपालको १२ औं स्थानमा परेको हो । 

रिपोर्ट अनुसार नेपालको ठुलो  विद्यालय सूचीमा ८ हजार ८९ जना विद्यार्थी रहेको बुटवलमा अबस्थित कालिका मानव ज्ञान सेकेण्डरी स्कुल परेको छ ।  त्यस्तै दोश्रोमा ६ हजार १९ जना विद्यार्थी रहेको शान्ति नमुना सेकेण्डरी स्कुल , तिलोत्तमा रुपन्देही परेको छ। 

तेश्रोमा जनता मोडेल मा.वि. गिड्डा बेलापट्टी, धनुषा परेको छ। सो स्कुलमा ५ हजार ७ सय ८९ विद्यार्थी छन् । चौथोमा ५ हजार ३ सय ८७ जना विद्यार्थी रहेको लिटिल एन्जल्स इङलिस बोर्डिङ स्कुल, हात्तीवन ललितपुर परेको छ।  

त्यसैगरी कान्ति सेकेण्डरी स्कुल, बुटवल ५ हजार २ सय २८ विद्यार्थीहहित पाँचौं, ४ हजार ६ सय ८१ विद्यार्थी रहेको नविन औधोगिक K.B.R.S. विद्यालय, देवीनगर, रुपन्देही छैटौं र ४ हजार ६ सय १३ जना विद्यार्थी रहेको ज्ञानोदय मा वि पुरानो कालिमाटी नेपालकै ठुला स्कुलको  सातौं स्थानमा परेका छन् ।

त्यस्तै विश्व निकेतन सेकेण्डरी स्कुल, त्रिपुरेश्वर काठमाडौं टप आठौं स्थानमा परेको छ । सो स्कु४हजार ४ सय ३५ जना विद्यार्थी रहेकोे रिपोर्टमा उल्लेख छ । विद्यार्थी संख्याको हिसाबले नेपालकै नवौं ठुलो स्कुलको सूचीमा त्रिजुद्ध एमआरआर मा वि, बिर्ता पर्सा परेको छ, त्यस स्कुलमा ४ हजार ४ सय १६ विद्यार्थी छन् । 

त्यसैगरी चार हजारभन्दा बढी विद्यार्थी रहेका बुटवलको न्यु होराइजन इङलिस बोर्डिङ स्कुल र बुटवलकै अक्सफोर्ड सेकेण्डरी स्कुल, दशौं र ११ औं ठुला स्कुल बनेका छन् ।

उल्लेखित रिपोर्ट अनुसार ४ हजार ९६ जना विद्यार्थी रहेकोे मोरङ सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालय नेपालका ठुला २० स्कुलहरुको सुचीमा १२ औं स्थानमा परेको छ ।  

प्रकाशित रिपोर्ट अनुसार  १३ औं स्थानमा चार हजार सतहत्तर विद्यार्थी रहेको पद्मोदय पब्लिक मावि, भक्तपुर परेको छ ।

 ३ हजार पाँच सयभन्दा बढी र चार हजारसम्म विद्यार्थी भएका स्कुलहरु  चौधौं स्थानदेखि बीसौं स्थानसम्म परेका छन् ।  जस अनुसार बागीश्वरी मावि, भक्तपुर चौधौं  ,  माउन्ट भ्यु इङलिस सेकेण्डरी स्कुल, दाङ पन्ध्रौं,  ऐश्वर्य विद्या निकेतन सेकेन्डरी स्कुल, धनगढी सोह्रौं, स्थानमा परेका छन् ।

त्यस्तै सत्रौं नम्बरमा संजट मोचन डिआर मावि, धनुषा,अठारौं स्कुलमा डिएभी शुसिल केडिया स्कुल, जावलाखेल, उन्नाइसौं स्थानमा नेपाल आदर्श सेकेण्डरी स्कुल शिवपुर कपिलवस्तु र बिसौं स्थानमा नारायणी मोडल सेकेण्डरी स्कुल, भरतपुर चितवन परेका छन् ।