पथरी  — मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता  अन्तर्गत शुक्रबार सम्पन्न खेलमा वडा नम्वर  ७  पोल ए र वडा नम्बर २ बी को शिर्ष स्थानमा पुग्न सफल भएका छन् । 

पञ्चायत माविको खेल मैदानमा शुक्रबार भएको सनसनीपूर्ण र प्रतिस्पर्धात्मक प्रतियोगितामा वडा नं २ ले वडा नं ४ लाई बराबरीमा रोकेर पोल बी तर्फको शिर्ष स्थानमा अग्रता कायमै राख्न सफल भएको छ । ,वडा नं २ र ४ बराबरीमा रोकिँदा वडा नम्बर  ४ एक अंक थप्दै कुल ५ अंक जोडेर तेस्रो स्थानमा पुग्न सफल भएको छ।

यसैगरी, आजै सम्पन्न अर्को दोस्रो खेलमा वडा नम्बर ७  पोल ए को शीर्ष स्थानमा उक्लन सफल भएको छ।

वडा नम्बर - ७ ले वडा नम्बर - ९ विरूद्ध ४-२ गोलको अन्तरमा पराजित गर्दै थप तीन अंक थपेर पोल ए को शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

0a7438ee-742a-446c-bfef-c3bc39ca33ceप्रतियोगिताको पहिलो हाफमा  दुवै वडाहरूले १/१ गोल गर्दै खेललाई बराबरीमा रोके  पनि दोस्रो हाफपछि भने खेलमा सन्तुलन मिलाउने नसक्दा वडा नम्बर ९   २ का विरूद्ध ४ गोलले पराजित भयो । 

आजको खेलमा वडा नम्बर ७ चार अङ्क जोदेर सबैभन्दा बढी स्कोर गर्दै पोल ए को शिर्ष स्थानमा उक्लन सफल भएको छ । 

भोलिको पहिलो खेल वडा नम्बर ३ र ६ तथा दोस्रो खेल वडा नम्बर १ र २ बिच हुने आयोजकले जनाएको छ।