टोकियो— जापानको शिन्कानसेन ई–५ सिरिजको बुलेट ट्रेन पहिले चल्नेछ । तर के तपाईलाई थाहा छ बुलेट ट्रेन सबैभन्दा सुरक्षित ट्रेनमध्ये एक हो । किन यस्तो हुन्छ, आज हामी तपाईलाई यसको पछाडिको कारण बताउनेछौँ ।
भारतीय रेलवे विश्वको चौथो ठूलो रेल नेटवर्क हो, यो सबैभन्दा व्यस्त रेल नेटवर्क भएको कारण, त्यहाँ धेरै पटक रेल दुर्घटना भएका छन । तर, आजसम्म जापानी बुलेट ट्रेनमा कुनै दुर्घटना भएको रेकर्ड छैन ।
यसका पछाडि प्रविधि छ, जापानमा बुलेट ट्रेन चलेको ५० वर्षभन्दा बढी भइसकेको छ । प्रतिघण्टा ३२० किलोमिटरको गतिमा दौडिए पनि जापानका रेलहरू अविश्वसनीय रूपमा सुरक्षित रहेका छन् ।



















