विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन दिएकाहरुको अन्तर्वार्ता बैशाख १२ र १३ गते हुने भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले बैशाख १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने मिति निर्धारण गरेको हो ।
सिफारिस समितिले १७ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो । आवेदन दिएकामध्ये सन्जेशप्रसाद कोइरालाको निधन भएपछि अहिले उपकुलपतिका लागि १६ जना दावेदार छन् ।
उपकुलपतिका लागि शुभनारायण पाठक, अनिल कुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, विजुकुमार थपलिया र विनोद पराजुली दावेदार छन् ।
यस्तै देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला ,राजकुमार पोखरेल, रेशम बहादुर थापा, रमेशप्रसाद भट्टराई र महेहराज दाहाल पनि उपकुलपतिका दावेदार छन् । चैत २७, २८ र २९ गते उम्मेदवारहरूको कार्ययोजना प्रस्तुत गरेका थिए ।
गत फागुन १८ गतेदेखि पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति यादव कोइराला रिटायर्ड भएपछि पद रिक्त छ ।



















