गृहपृष्ठ /समाज
समाज

कृषि सामग्री नष्ट गरी भ्रष्टाचार गरेको भन्दै मोरङको रतुवामाई नगरपालिकामा तालाबन्दी

विज्ञापन
alt
विज्ञापन
विज्ञापन
  • अम्बिका भण्डारी 

बेलबारी —रतुवामाई नगरपालिकाले कृषकहरुलाई अनुदानमा वितरण गर्न खरिद गरेको खाद्यान्न सामग्री र  कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल र बिउबिजन गुपचुपमै डस्फिनमा फालेको  घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दाले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

म्याद हेलचेक्र्याइँ गरी सामानको म्याद गुजार्ने र र गुपचुममा सामान प्याक्ने कर्मचारीलाइ तत्काल निलम्बन गर्नुपर्ने माग राख्दै  माओवादीको नेतृत्वमा बुधबार स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

 बुधबार करिब ३ बजे फोन गर्दा मेयर सिंहले आफुसहित केही कर्मचारीलाइ भित्रै थुनेर आन्दोलनकारीले नगरपालिकाको गेटमा ताला लगाइदिएकोले भित्रै थुनिएको बताए ।  बुधबार  नै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रसासन कार्यालयको टोली नगरपालिका पुगी आन्दोलनकारीसँग बार्ता गरेपनि बुधबार अबेरसम्म कुनै सहमति भएको छैन ।

म्याद गुज्रेका सामग्री डम्पिङसाइटबाटै  जफत

 जिल्ला प्रसाशन कार्यालयले ती सामान जफत गरी घटनाबारे छानविन थालेको छ ।

 नगरपालिकाले मंगलबार छानविनका लागि पत्रकार गरेको छ । मेयर सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ्ले बुधबार रतुमामाइ ७ मा अबस्थित सम्पिङबाट पुरिएका सामग्री उत्खनन गरी जफत गरेको हो ।  जिल्ला प्रसासन सामान लगिसकेकोले अब अख्तियारले छनविन गर्ने र कर्मचारीहरु दोषी भए कारबाहीमा पर्ने मेयर सिंहले बताए ।  

म्याद गुज्रेका सामानगरुको विवरण सार्वजनिक 

यसैबीच रतुवामाइ नगरपालिकाले बैशाख १० गते सोमबार एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै म्याद गुज्रेका र काम नलाग्ने खाध्यान्न तथा मलखादको विवरण सार्वजनिक गरेको  छ । बिज्ञप्तिमा उल्लेख भए अनुसार नगरपालिकामा  २०७५ असारमा खरिद गरिएको ३ सय ५० केजी जैविक मल, २०७७ मा खरिद गर्न बाँकी रहेकोे ४५ केजी नुन, कृषि ज्ञान केन्द्रबाट प्राप्त भएको १०० प्याकेट तरकारी मिनि किट, २०७७ बैशाखमा किनिएको १ सय ७५ केजी सोना चामल, २०७७ सालमै खरिद गरिएको २५ केजी  मुसुरी दाल र सोही महिनामै खरिद गरिएका २५ वटा साबुन मौज्दात थिए । ती सामग्रीहरु २०८० माघ २० गते ट्याक्टर तथा ब्याक हिलोडर मार्फत डस्पिङ साइट स्थलमा डम्पिङ गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन
पढ्न बाँकी
प्रतिक्रिया
विज्ञापन
सम्बन्धित समाचार
विज्ञापन
विज्ञापन

ताजा समाचार

रक्षा बमले बालेनलाई सोधिन् : सुरक्षा निकायलाई नगर प्रहरी चलाएजस्तो शैलीमा सञ्चालन गरिएको हो ?
२६ वर्षीय युवकको शरीरभित्र भेटियो पाठेघर, डक्टर पनि हैरान
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र छुटे, परिवारको जिम्मा लगाइयो
भारतमा झापाकी हेमाको शव कुहिएको अवस्थामा फेला, हत्या आरोपमा श्रीमान् पक्राउ
चोलेन्द्र पक्राउमा नयाँ ट्विष्ट - पक्राउ हैन सुरक्षाका लागि साथमा ल्याइएको प्रहरीको दाबी
अविरल वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउने प्रयास जारी
पाल्पामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, तीन जना बेपत्ता
पक्राउ पुर्जीविना जबरालाई पक्राउ गर्नु सत्तारूढ दलभित्रकै खिचडी : बाँस्कोटा’
हर्क साम्पाङले जेठी पत्नी दिलमायालाई अंश दिनुपर्ने अदालतको फैसला
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन