एक सातादेखि आएको अविरल बर्षाको कारणले गर्दा जनतालाइ बाढीले बिस्थापित गराउने सम्भावनालाई मध्यनजर गर्दै यी सांसद झरिपनी नभनी आफै बाँस काटदै गरेको थिए ।
मोरङ क्षेत्र न ३ प्रदेश ख का सांसद राजकुमार ओझा सुन्दरहरैचा १ स्थित लक्ष्मीपुरमा जनतासंगै झरिमै सनिवार दिउँसो बास काट्दै गरेको हुन । जनतालाई परेको दुखनै आफ्नो दुख्ख हो झरी परे पनि के गर्नु जनतालाई समस्यामा पर्न दिनुत भएननि भन्दै सांसद ओझाले बताए ।
अविरल बर्षाको कारण खोलामा बाढीले माटो कटान गरि बिस्थापित गराउने भएकोले बासको माध्यमबाट पानीलाई रोक्न बासको सहायताले मद्धत पुर्याउने हुदा बास काटेर पानी थुन्न लागीएको हो सांसद ओझाले बताए । जब ऊनी खुर्पालिएर खोलामा पसे उनलाई साथदिन स्थानीय जनताहरुपनि संग संगै लागिपरेका थिए।


