विराटचोक —  मोरङको  सुन्दरहरैँचा नगरपलिका क्षेत्रमा रहेका झन्डै दुई दर्जन स्कुलहरुले विना अनुमति कक्षा सञ्चालन गर्दै आएको पाइएको छ ।   

  नगरपालिकाको शिक्षा शाखाको रेकर्डलाई आधार मान्दा झन्डै दुई दर्जन निजी स्कुलहरुले  तल्ला कक्षाको मात्रै अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गर्ने गरेको पाइएको हो । ती स्कुलहरुले हाल खुलेआम माथिल्लो कक्षामा पठनपाठन गर्दै आएका छन् । 

नगरपालिकाको रेकर्ड अनुसार कक्षा ५ सम्म मात्रै अनुमति लिएको सुन्दरहरैंचा ७ को एक स्कुलले सार्वजनिक रूपमा कक्षा ९ का लागि पनि भर्ना अभियान सञ्चालन गरेपछि सो रहस्य खुलेको हो ।Untitled-3 (3) 28केही महिना अघि नगर शिक्षा शाखाले सार्वजनिक गरेको  विवरणमा नगर क्षेत्रमा प्रि- प्राइमरी बाहेक ४३ वटा निजी स्कुलहरु संचालित छन् । कक्षा अनुमतिको विवरण हेर्दा तीमध्ये आधासरो स्कुलहरुले अनुमति पाएकोभन्दा माथिल्ला कक्षाहरु संचालन गरिरहेको श्रोतले जनाएको छ । अनुमतिबिना थप कक्षा संचालन गर्ने धेरैजसो स्कुलका संचालकहरु राजनीतिक दलका नेता कार्यकर्ता छन् । नगरपालिकाकी शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले  कुन -कुन स्कुलले अनुमतिबिना कक्षा संचालन गरेका छन् भन्नेबारे आफुलाई थाहा नभएको बताइन । हालसम्म गुनासो वा उजुरी  नआएको उनले  बताइन । school list नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीका सचिव एवम अनेरास्ववियु  कोशी प्रदेशका सचिवसमेत रहेका शिशिर एकेडेमीका प्रीन्सिपल सन्तोष घिमिरेले नगरपालिकाले चैतभित्र अनुगमन गरी मापदणड पुगेका स्कुलहरुलाइ कक्षा थपको अनुमति दिनुपर्नेमा त्यसो नगर्दा नगर क्षेत्रका बीस-बाइसवटा स्कुलहरु त्यसको मारमा परेको बताए ।

 सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखाले निकालेको विवरण र स्कुलहरुको पठनपाठन हेर्दा  नगरमा दर्जनौ विद्यालयहरु पनि अनुमति बिना सञ्चालनमा आएका छन ।  त्यसैगरी केही स्कुल अन्य पालिकामा दर्ता भएका केही स्कुलहरु पनि   सुन्दरहरैँचा नगर क्षेत्रमा सञ्चालन भएको पाइएको छ ।