काठमाडौँ— ब्रिजकोर्ष गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी काठमाडौँमा नयाँ एजुकेसन हब (कन्सल्टेन्सी) खुलेको छ । खासगरी हेल्थ असिस्टेन्ट (एच.ए.), स्टाफ नर्सिङ,ओभरसियर र साइन्स आदि बिषय लिएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी काठमाडौको बानेश्वरमा एजुकेसन हब खुलेको हो ।
सर्लाही घर भई काठमाडौ बसोबास गर्दै आएका उपेन्द्र यादव लगायत शैक्षिक क्षेत्रमा लामो अनुभव भएका युवाहरूले संचालन गर्न थालेको कन्सल्टेन्सीको नाम ए टु जेट ग्लोबल एजुकेसन हब रहेकोे छ । नयाँ बानेश्वरको पानी ट्यांकी नजिकै यो संस्था स्थापनाको चरणदेखि नै विद्यार्थीहरुको रोजाइमा पर्न थालेको छ ।
यसैहप्तादेखि औपचारिक रूपमा शुरु गरिएको एजुकेसन हबमा भर्खरै विभिन्न स्कुलहरुबाट एसइइ दिएर बसेका विद्यार्थीहरुले सीटीइभिटीमा हेल्थ असिस्टेन्ट (एच.ए), स्टाफ नर्सिङ, ओभरसियर र साइन्स पढ्न चाहने दर्जनौं विद्यार्थीहरु अध्ययनका लागि आउन थालेको ए टु जेट ग्लोबल एजुकेसन हबका संचालक उपेन्द्र यादवले बताए ।
संस्थाले निकट भविष्यमा विभिन्न भाषाहरु सिकाउने र उच्च शिक्षाको लागि बेलायत, अस्ट्रेलिया लगायत विभिन्न मुलुकमा जान चाहने विद्यार्थीहरुको लागि परामर्शदाताको रूपमा पनि काम गर्ने योजना रहेको यादवले जानकारी दिए ।


















