विराटचोक—भारतको पहिलो एयर ट्याक्सी पञ्जाबको मोहालीमा निर्माण हुने भएको छ । गैरआवासीय भारतीय कुलजित सिंह सन्धुले पञ्जाब सरकारसँग मोहालीमा हवाई ट्याक्सी निर्माण गर्ने परियोजना स्थापना गर्नेबारे छलफल गरेका छन् ।
यो आयोजना सम्पन्न भएमा हवाई ट्याक्सी बनाउने मोहाली भारतकै पहिलो सहर हुनेछ । इलेक्ट्रिक भर्टिकल टेकअफ र अवतरण विमान (E-Vitol) एक हवाई ट्याक्सी हो।
यसले प्रदुषणबाट राहत मात्र हैन हेलिकप्टरबाट हुने ध्वनि प्रदूषण पनि हटने छ । नलवा एरो कम्पनीका कुलजीत सिंह सन्धुले ई–भिटोलमा अटो पाइलट मोड रहेको र यसमा प्यारासुटको समेत सुविधा रहेको बताए ।
सुविधाहरू - ३५० किमी / घन्टा औसत गति
वजन - १४०० किलो
बोक्ने क्षमता -७०० किलो
एकपटक चार्ज गरेपछि यसले ९० मिनेटसम्म यात्रा गर्न सक्छ।
यो एयर ट्याक्सी ६५०० मिटरको उचाइसम्म उड्न प्रभावकारी छ । एजेन्सीबाट



















