विराटचोक —मोरङको सुन्दरहरैँचा  ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि  निशुल्क कम्प्युटर तालिम संचालन गरेको छ । 

स्कुलले कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि तिन महिने आधारभूत कोर्सको तालिम संचालन गरेको हो  ।बैशाख १३ गतेबाट शुरु तालिममा डेढ दर्जनभन्दा बढी विद्यार्थी सहभागी छन् । 

Untitled-2 87सुन्दरहरैँचा  नगर क्षेत्रका जुनसुकै स्कुलबाट एसइइ दिएका विद्यार्थीहरुले पनि तालिम लिनसक्ने भएकोले इच्छुक विद्यार्थीहरुले तालिमका लागि स्कुलमा सम्पर्क गर्न सक्ने विद्यालयका प्रिन्सिपल टीका ढकालले बताए  । स्कुलले गत बर्ष पनि स्कुलले यस्तै तालिम संचालन गरेको थियो ।

बिक्रम सम्बत २०४८ सालमा स्थापित ब्राइट फ्युचर सुन्दरहरैँचा कै प्रतिष्ठित स्कुल हो । यस स्कुलमा कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, कम्बो प्याकेज सहितको होटल म्यानेजमेन्ट अध्ययन अध्यापन हुने गरेको छ । यस स्कुलमा साढे १२ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।