केराबारी — मोरङको केराबारी गाउँपालिका ८ मा अबस्थित केराबारीकै पुरानो स्कुल मच्छिन्द्र माविले विभिन्न कार्यक्रमसहित ६७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति भूजेलको अध्यक्षतामा आइतबार बार्षिकोत्सव कार्यक्रम गरिएको हो । मोरंङ क्षेत्र नं.१ ख का प्रेदश सभा सदस्य, सांसद खड्ग वहादुर बस्नेतको प्रमुख आतिथ्यता र केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
बिक्रम सम्बत २०१२ सालमा पठनपाठन सुरु गरी २०१५ सालमा तत्कालिन शिक्षा विभागबाट मच्छिन्द्र प्राइमरी स्कुलको नमले स्वीकृत पाई पाएको थियो । २०३७ सालमा पहिलो पटक एसएलसी परीक्षा संञ्चालन हुन थालेको स्कुलमा २०५५ सालदेखि उच्च माध्यमिक शिक्षाको पठनपाठन सुरु गरिएको थियो ।
कक्षा ९ देखि कक्षा १२ सम्म विद्यालयमा व्यवसायिक तथा प्राविधिक धार अन्र्तगत पशुविज्ञान विषयमा पठनपाठन भइरहेको र यसैवर्ष देखि कक्षा ११ मा विज्ञान संकायमा अध्ययन अध्यापन गर्ने गरी आवश्यक तयारी गरीरहेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताए ।
विद्यालयको लागि भारतीय दुतावासको सहयोगमा निर्मित शैक्षिक भवन, महिला सशक्तिकरण तालिम भवन र छात्रावास भवन निर्माण भएको एवम् विद्यालय वस समेत प्राप्त भएको स्कुलले जनाएको छ । प्रमुख अतिथी प्रदेश सांसद बस्नेतले शिलालेख अनावरण गरेका थिए । विद्यालयका प्रअ नारायण प्रसाद अधिकारीका अनुसार विद्यालयमा हाल ९ सय १७ विद्यार्थीहरु र ४२ जना शिक्षक कर्मचारी छन् । विद्यालयको स्वामित्वमा ९ विघा ४ कठ्ठा जग्गा सहित विभिन्न शैक्षिक भवनहरु छन् ।
विद्यालयले आ.व. ०७९/०८० को अबधिमा १ करोड १० लाख ९ हजार ४ सय ९ सरकारी र ४५ लाख ९४ हजार २ सय ५२ रुपैया निजी श्रोतबाट आम्दानी भएको र सरकारी तर्फबाट १ करोड ९ लाख ९८ हजार ८ सय ८३ र नीजि तर्फबाट ४५ लाख ६७ हजार ९ सय ७९ रुपैया खर्च भएको बार्षिकोत्सवमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा अपाङ्गता संरक्षण मञ्चकी उषा तिम्सिनाले नेपाल सरकारबाट अपांगता भत्ता बापत जम्मा भएको रकमबाट विद्यालयको शैक्षिक उन्नतीमा टेवा पुर्याउन १ लाख रुपैया अक्षय कोष स्थापना गर्ने घोषणा गरेकी छिन् ।
कार्यक्रममा विद्यालयबाट सहभागि भई राष्टपति रनिंग शिल्ड प्रतियोगितामा तृतीय स्थान हुन सफल खेलाडी राकेश सार्की र सन्जुमाया तामाङलाई सम्मान गरिएको थियो । सो अबसरमा विभिन्न व्यक्तिहरुको नामबाट स्थापना भएको अक्षयकोषबाट विद्यालयका दर्जनौं विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।


















