• अम्बिका भण्डारी 

विराटचोक — मोरङको सुन्दरहरैँचामा महिलाहरुलाई नौमती बाजा अर्थात पञ्चै बाजा बजाउने सम्बन्धी तालिम दिन सुरु गरिएको छ। आमकास नेपाल मोरङको आयोजना  तथा सुन्दरहरैँचा नगरपालिका -१२ को सहयोगमा  बिहिबारदेखि तालिम दिन सुरु गरिएको हो ।

विदेशमा श्रम गरेर फर्किएका महिलाहरुलाई लक्षित गरी तालिम दिन सुरु गरिएको आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईले जानकारी दिइन । १५ दिन सम्म चल्ने तालिममा ९ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको सेढाईले बताइन ।

Untitled-34 2नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको अध्यक्ष सेडाईको भनाइ रहेको छ ।

तालिमको उद्घाटन गर्दै वडा -१२ का वडाअध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले विदेशबाट फर्किएका महिलाहरुलाई पनि आत्मनिर्भर बनाउन र आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षण मार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिमको आयोजना गरेको बताए।

कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय लिङ्गको दायित्व बराबरी हुनेभएकाले समेत महिलालक्षित तालिमको आयोजना गरिएको वडा सदस्य निलम थापाले बताईन्। महिला दिदीबहिनीहरुले पनि पन्चे बाजा बजाउन रहर गरेको र सिकिसके पछि यहिँ बाजा बजाएर भएपनि घर खर्च चलाउने मनसाय ब्यक्त गरेकाले पनि तालिम सुरु गरिएको बताईन्।

यो पनि पढ्नुहोस  — आमकास नेपालले सुन्दरहरैँचामा मनायो मजदुर दिवस

कार्यक्रममा नगरपालिकाको १ लाख रुपैया बाट ९ जना सहभागी महिला दिदीबहिनीलाई १५ दिवसीय प्रशिक्षण प्रदान सुरु गरिएको छ । तालिम पश्चात् एक सेट नौमती बाजा समेत प्रदान गरिने र उनीहरुलाई बिबाह तथा अन्य कार्यक्रमा सहभागी गरिने आमकास नेपाल मोरङकी सह सचिव मिना बजगाईंले बताईन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै तालिममा सहभागीहरुले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् । तालिमको उदघाटन कार्यक्रममा प्रमुख अतिथि, अतिथि र आयोजक संस्थाका प्रतिनिधिहरुले बाजा बजाएर रमाइलो गरेका थिए । कार्यक्रममा पुर्व नगर उपप्रमुख धना तामाङ,वडा सदस्य दिलिप दाहाल,समाजसेवी रमेश खड्का लगायतको आतिथ्यता रहेको थियो । 

आप्रवासी महिलाहरुको हकहितका लागि काम गर्दै आएको संस्था आप्रवासी महिला कामदार समुह (आमकास) नेपाल मोरङ जिल्ला शाखाले धेरै सामाजिक कार्यहरुमा सक्रिय रहेको छ । 

Untitled-34 3केहो पञ्चेबाजा ?

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा,नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदिमा ।

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ  ।