विराटचोक — मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहको चोइज होटलमा भएको आगलागीका पिडीतलाई बिभिन्न संघ संस्थाबाट आर्थीक सहयोग उपलब्ध भएको छ ।
यसैक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रिलायन्स अंग्रेजी विद्यालयले नगद ५० हजार, २ जना विद्यार्थीहरुलाई एक वर्ष छात्रवृत्ति,विद्यालय पोसाक र पाठ्य पुस्तक उपलब्ध गराउने विद्यालयले जनाएको छ । अग्नी पिडीत बनेका अभिभावक र परिवारलाई सकेको सहयोग गरेको विद्यालयका प्रतिनिधि भुवन राईले जानकारी दिए ।
यस्तै मधुमल्लामा रहेको मिक्लाजुङ व्यापार प्रवन्ध समितिले पिडीत परिवारलाई नगद १५ हजार आर्थीक सहयोग उपलब्ध गराएको व्यपार संघका प्रतिनिधि सचिन रौनीयारले बताए ।
शुदर्शन बचत तथा ऋण सहकारी संथाले नगद २० हजार सहयोग रकम आगलागी पिडीत हर्क बहादुर श्रेष्ठलाई बिहीबार उपलब्ध गराएको संस्थाका प्रमुख झरेन्द्र पौडेलले बताएका छन् । संस्थाका शेयर सदस्यको घरमा आगलागी भएको प्रति दुख प्रकट गर्दै संस्थाले दुखको बेलामा सानो सहयोग गरेको पौडेलले बताए ।




















