विराटचोक — मोरङको सुन्दरहरैँचामा श्रीमतीको हत्याको अभियुक्त पदमबहादुर तामाङ पक्राउ परेका छन  । सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोल निवासी ५० वर्षीय तामाङले ४५ वर्षीय श्रीमती मनमाया तामाङको हत्या गरेर फरार भएका थिए ।

शुक्रवार साँझ गाउँलेहरुले पदमलाई देखे पछि पक्राउ गरी प्रहरीलाई बुझाएको छन् । पदम अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन्  ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार करिब बिहान ७ः२० बजे मनमायाको शव घरभित्रै फेला परेको थियो ।

पदमले श्रीमतीको हत्या गरेर ठुलो अपराध गरेको भन्दै आक्रोशित गाउँलेहरुले उनलाई केहीबेर पाता फर्काएर खाबामा बाधेका थिए ।